२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

गुल्मी चारपालाको तेस्रो साधारणसभा सम्पन्न 

मंगलवार , पौष २७, २०७८

बुटवल, २७ पुस ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक तथा समाजसेवी जगननाथ अर्यालले छोटो समयमै राम्रा काम गरेर अघि बढेको गुल्मीको शाख जोगाउने संस्थाप्रति आभार प्रकट गरे । उनले संस्थाको प्रगतिको कामना गर्दै गुल्मीबाट रुपन्देहीमा बसाईसराई गरेर आए पनि आफ्नो जन्मथलो र समाजका लागि सामाजिक कार्य गरिरहने संस्थाका पदाधिकारीलाई आग्रह गरे । 

त्यस्तै कार्यक्रममा सल्लाहकारहरु सावित्रा टण्डन, लक्ष्मण अर्याल, गोविन्द प्रसाद अर्याल, गोकर्ण थापा लगायतले संस्था तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिंदै संस्थाले गरेको हरेक कामले समाजमा सकारात्मक सन्देश दिएको र आफूहरु संस्थामा आवद्ध हुन पाउँदा खुसी लागेको बताए ।

शनिबार आयोजित सभा साथै वनभोज कार्यक्रममा २ सय भन्दा बढी सदस्य सहभागि भएको वनभोज संयोजक भिमसेन कार्कीले बताए । उनले वनभोज कार्यक्रममा विभिन्न खेल प्रतियोगिता समेत आयोजना गरेको जानकारी दिए । 

साधारणसभा संयोजक उषा खत्रीले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापनाको तेस्रो वर्षसम्म आइपुग्दा राहत वितरण, रक्तदान, विपन्नलाई सहयोग र आफ्ना सदस्यहरुलाई समेत भइ परेको बेला सहयोग गर्ने गरेको बताइन् ।

कार्यक्रममा आयोजित कुर्ची रेस खेलमा १५ जनाले सहभागिता जनाएको थिए । खेलमा दीपा कुंवर प्रथम र मनु खत्री द्वितीय भएका थिए भने बैलुन फुटाउने प्रतियोगितामा शिव बस्नेत प्रथम भए । त्यस्तै, चम्चा दौड प्रतियोगितामा एन्जल मगर र बिहान टण्डन पुरस्कृत हुन सफल भएका थिए । उनीहरुलाई संस्थाका आजिवन सदस्य रमेश कार्कीले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा एकल महिला सुशिला देवी खत्रीलाई सम्मान समेत गरिएको संयोजक खत्रीले जनाइन् । कार्यक्रम संस्थाका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षता तथा सचिव विकास टण्डनको संचालनमा सम्पन्न भएको थियो । उनले कार्यक्रम सफल बनाउन सघाउने सबैलाई धन्यवाद समेत दिएका थिए ।