२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लायन्स भैरहवा ग्रीन सिटीद्वारा रक्तदान

मंगलवार , पौष २७, २०७८

भैरहवा, २७ पुस ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले मंगलबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर ‘मेल्भिन जोन्स सर्भिस विक’ अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका कार्यबाहक अध्यक्ष श्री रायमाझीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक प्रोग्राम मेम्बर तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले लायन्स भैरहवा ग्रीन सिटीले सराहनीय कार्य गरेको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगरको स्पोन्सरमा स्थापना भएको लायन्स भैरहवा ग्रीन सिटीले रचनात्मक कार्य गरेर आफूलाई अब्बल साबित गरेको बताए ।

समाजसेवी प्रख्यात बन्जाडेले रक्तदान जीवनदान भएको बताए । आफूले ३५ पटक रक्तदान गरिसकेको भन्दै लायन्स भैरहवा ग्रीन सिटीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पाउँदा खुसीको अनुभुति भएको बन्जाडेले बताए ।

क्लबका कार्यवाहक अध्यक्ष श्री रायमाझीको अध्यक्षता, कार्यक्रम संयोजक हुम बहादुर थापाको स्वागत तथा सदस्य शोभा गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा २५ युनिट रगत संकलन भएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।