२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा कम्बल वितरण

मंगलवार , पौष २७, २०७८

भैरहवा, २७ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले कम्बल वितरण गरेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर मेल्भिन जोन्स सर्भिस विक अन्तर्गत सिद्धार्थनगर–९ स्थित सानो दुमदुमवामा कम्बल वितरण गरिएको कार्यक्रम संयोजक माधुरी थापाले बताइन् ।

स्थानीय ५० जनालाई कम्बल वितरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्स सिद्धार्थनगर लेडी युथले राम्रो काम गरेको बताए ।

त्यस्तै डिष्ट्रिक डेपुटी चिफ विजय पाण्डे, सिद्धार्थनगर नगरपालिका–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी लगायतले बोलेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले ‘माई लायन भिलेज–गोनहिया’ सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत क्लबले गोनहियामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।