२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

जयसवाल महिला समिति भैरहवाद्वारा न्यानो कपडा वितरण

मंगलवार , पौष २७, २०७८

भैरहवा, २७ पुस ।
जयसवाल महिला समिति भैरहवा, रुपन्देहीले न्यानो कपडा वितरण गरेको छ । समितिले सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा शिशु कक्षादेखि २ सम्म अध्ययनरत ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसोबाट बच्न केही भए पनि राहत होस् भन्ने उद्देश्यले स्वेटर, टोपी र मोजा वितरण गरिएको समितिका अध्यक्ष पुनम जयसवालले बताइन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले जयसवाल महिला समितिले उदाहरणीय कार्य गरेको बताए । उनले विद्यालयलाई रोजेर समितिले कार्यक्रम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डे, जयसवाल सेवा समिति भैरहवाका अध्यक्ष सन्तोष जयसवाल, महासचिव अर्जुन प्रसाद जयसवाल, जयसवाल महिला समितिका महासचिव कानन जयसवाल, सदस्य उषा जयसवाल लगायतले बोलेका थिए ।