२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

भारतमा थप एक लाख ७९ हजारभन्दा बढी कोरोना संक्रमित

ओमिक्रोनका संक्रमित चार हजार ३३ पुग्यो

सोमवार , पौष २६, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • नयाँ दिल्ली, २६ पुस ।
    २६ पुस भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन् । 

    हाल यहाँ चार हजार ३३ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या सात लाख २३ हजार ६१९ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना संक्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको जनाइएको छ । 

    सोही अवधिमा थप १४६ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

    कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५  लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजार भन्दा बढी डोज खोप लगाइएको छ । रासस/एएनआई