२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

भैरहवामा आधारभूत सहकारी शिक्षा तालिम सुरु

सोमवार , पौष २६, २०७८

भैरहवा, २६ पुस ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सहकारी संस्थाका कर्मचारीहरुको लागि आधारभूत सहकारी शिक्षा कार्यक्रम तालिम आइतबारदेखि भैरहवामा सुरु भएको छ । 

माघ २८ गतेसम्म हुने तालिममा नगरभित्रका सहकारीका कर्मचारीहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले प्रशिक्षण दिनेछन् ।

तालिमको उद्घाटनको अवसरमा बोल्दै नगरपािलका शिक्षाशाखा प्रमुख चेतनशिल लम्सालले सहकारी शिक्षा तालिमले कर्मचारीको दक्षता बढाउने बताए । सिद्धार्थनगरले नगरभित्रका सहकारीका सञ्चालक तथा कर्मचारीहरुमा नियमित रुपमा तालिमको व्यवस्था गरेको शाखा प्रमुख खनालले बताए ।