२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्थापना दिवसमा कल्याणकारीद्वारा रक्तदान 

मंगलवार , आश्विन २७, २०७७

बुटवल, २७ असोज । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा समाजिक कार्य अन्तरगत रक्तदान गरेको हो । 

कोभिड–१९ संक्रमणका कारण रगतको अभाव भएरहेको सन्दर्भमा रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले जानकारी दिए । सहकारीले आफ्नो वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष रक्तदान गर्दै आएको छ । 

संस्थाका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सदस्यहरु तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजु गुरुङले बताए । । रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । 

एक हजार ४ सय साधारण सदस्य रहेको सहकारी आफ्नै भवनमा संचालनमा छ । सहकारीले मानवीय तथा रचनात्मक कार्यक्रहरु सञ्चालन गर्दै आएको छ । किसानहरुवाट चामल संकलन गरी सहकारीले सुपथ मुल्यमा विक्रीवितरण गर्दै आएको समेत जनाएको छ ।