
आइतवार , पौष २५, २०७८
भैरहवा, २५ पुस ।
जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शोभाकान्त नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सीता दाहाल, सचिवमा जनकराज पन्त, कोषाध्यक्षमा हरि खड्का, सदस्यमा पुनहरि बेल्बासे, सुधिर पाण्डे, सविता पाण्डे, पिताम्बर आचार्य, दिपक ज्ञवाली र लेखा सुपरिवेक्षण संयोजकमा प्रमोद ज्ञवाली निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।
अध्यक्ष नेपालले सहकारीलाई चुस्तदुरुस्त पार्न सधै लाग्ने र सबै सदस्यहरुले संस्थालाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताए । सहकारी विज्ञ लक्ष्मण पौडेलले ३० जना मिलेर सहकारी संस्था खोल्न मिल्ने कानून भएकाले अहिले समाजमा आएको हल्लाको पछाडि लाग्न नहुने बताए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण कोषाध्यक्ष बसन्त भट्टराई र सचिवको प्रतिवेदन माधव कोइरालाले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष जनकराज पन्तको स्वागत मन्तव्य तथा सचिव माधब कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij