images

शुक्रवार, बैशाख १४ गते २०८१

१८ बुँदे माग राख्दै अनेरास्ववियु राममणि क्याम्पस कमिटीले बुझायो ज्ञापनपत्र

१८ बुँदे माग राख्दै अनेरास्ववियु राममणि क्याम्पस कमिटीले बुझायो ज्ञापनपत्र

images
images
images
शनिवार, पौष २४ २०७८
शनिवार, पौष २४ २०७८
  • १८ बुँदे माग राख्दै अनेरास्ववियु राममणि क्याम्पस कमिटीले बुझायो ज्ञापनपत्र

    भैरहवा, २४ पुस ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राममणि बहुमुखी क्याम्पस कमिटी तिलोत्तमा–५ मणिग्राम, रुपन्देहीले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न १८ बुँदे माग राख्दै शुक्रबार क्याम्पस प्रमुख तारा पराजुलीलाई ज्ञापनपत्र बुझाइएको अनेरास्ववियु राममणि क्याम्पस कमिटीका अध्यक्ष सुदन बस्यालले बताए ।

    images

    २०७७ जेठ ३० गते अनेरास्ववियु राममणि क्याम्पस र क्याम्पस सञ्चालक समितिबीच भएको मासिक शुलकमा रु. १ सयका दरले घटाउने सहमति तत्काल लागू गर्नुपर्ने, कोरोना कहरको बेला लकडाउन भएको समयमा अनलाइन कक्षाको मासिक शुल्कमा छुट हुनुपर्ने, विद्यार्थीहरुलाई पुस्तकालयबाट अनिवार्य रुपमा ३ वटा पुस्तक उपलब्ध गराउनुपर्ने, ई–लाईब्रेरीको उचित व्यवस्था गरी प्रभावकारिता बढाउनुपर्ने, क्याम्पसमा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद, कला र साहित्यका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुका साथै सम्बन्धित विधाका प्रशिक्षक राख्नुपर्ने, क्याम्पसमा अतिरिक्तका साथै खेलकुद सामग्रीहरु पर्याप्त मात्रामा व्यवस्था हुनुपर्ने र अनेरास्ववियुले विगतमा राखेको माग अनुरुप अखिल पार्कको निम्ति जग्गा उपलब्ध गराउनुपर्ने अनेरास्ववियुले माग गरेको छ ।

    त्यस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई यातायातको उचित व्यवस्थाका साथै यातायात शुल्क घटाउनुपर्ने, आगामी फागुन १४ सम्मा स्ववियू निर्वाचन गराउनुपर्ने, क्याम्पसमा कम्प्युटर ल्याबको व्यवस्था हुनुपर्ने, विद्यार्थीहरुका निम्ति व्यवस्थित शौचालय हुनुपर्ने, कक्षाकोठाको सरसफाई तथा जाडोमा तातो र गर्मीमा चिसो पानीको व्यवस्था हुनुपर्ने र गरीब, जेहेन्दार तथा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुको निम्ति छात्रवृत्तिको व्यवस्था हुनुपर्ने अनेरास्ववियुको माग छ ।

    त्यसै गरी क्यान्टिनमा खाजा नास्ता सस्तो, सुलभ र गुणस्तरीय साथै व्यवस्थित हुनुपर्ने, क्याम्पसमा भएका अध्यारो कोठामा उज्यालो लाइट साथै ठूलो आकारका वाईट बोर्ड राख्नुपर्ने, क्याम्पसको आय व्यय साथै अनुदान, सहयोग र छात्रवृत्तिका विषयहरु खुलस्त रुपमा पारदर्शी हुनुपर्ने, क्याम्पसमा कर्मचारी छनौट प्रक्रियामा प्रतिष्र्धात्मक साथै पारदर्शी रुपमा हुनुपर्ने, विद्यार्थीहरुलाई उचित स्थान र समयमा फ्रि वाईफाईको व्यवस्था हुनुपर्ने र क्यू. ए. ए. मान्यता अनुरुप सुरु गरिएका संरचना व्यवस्थित गर्नुका साथै प्रभावकारिता बढाउनुपर्ने अनेरास्ववियुले माग गरेको छ ।

    संगठनले उठाएका मागहरु छिटो भन्दा छिटो क्याम्पस प्रशासनले सम्बोधन नगरेको खण्डमा अनेरास्ववियु राममणि क्याम्पस कमिटी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको ज्ञापनपत्रमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij