२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

परिवेश सहकारी संस्थाको ११ औं साधारणसभा

शनिवार , पौष २४, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २४ पुस ।
    परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–११ को ११ औं वार्षिक साधारणसभा शनिबार तिलोत्तमास्थित महुवारीमा सम्पन्न गरेको छ ।

    सहकारीका अध्यक्ष कपिला रायमाझीको अध्यक्षता, संस्थाका कान्छी सदस्य आश्रिया खातीको प्रमुख आतिथ्यता, महेश केसीको स्वागत तथा सचिव नविनराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा खेम प्रसाद तिवारी, राम प्रसाद भुसाल र पार्वती खातीले बोलेका थिए । कार्यक्रममा लेखा प्रतिवेदन राजु शर्मा भुसाल र कोषाध्यक्ष दुर्गा जि.सी.ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा संस्थाका पूर्व संचालक समिति सदस्य, असल ऋणी र बचत कर्तालाई सम्मान गरिएको थियो । सम्मानित  हुनेमा गोपाल ए सी, करुण के सी, राम बहादुर क्षेत्री, भिम नारायण अर्याल, गीता अर्याल, तिर्थ उदय, प्रेम जिसी, वीर सिंह थापा, अम्मर बहादुर खड्का, रामकृष्ण चौधरी, देवी भण्डारी, जित बहादुर बस्नेत, सीता आचार्य, बिन्दु बिहारी पछीमा थारु र सुमित्रा आचार्य खड्का रहेको संस्थाका सञ्चालक समिति सदस्य प्रतीक पाण्डेले बताए । २०६७ सालमा स्थापना भएका सहकारीमा हाल ४४२ जना शेयर सदस्य रहेको पाण्डेले जानकारी दिए ।