२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

शाइन रेसुंगाद्वारा डिजिटल बैंकिङ साक्षरता घरदैलो

शनिवार , पौष २४, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • बुटवल, २४ पुस ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले बुटवलमा डिजिटल बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले शनिबार बुटवलको अमरपथ र जेसीसचोक क्षेत्रका व्यवसायीहरुलाई डिजिटल बैंकिङ प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदाका विषयमा जानकारी गराएको हो ।

    बैंकिङ साक्षरता अभियानमा मोबाइल बैकिङ र क्यूआरबाट भुक्तानीका फाइदाका बारेमा व्यवसायीहरुलाई जानकारी गराइएको बैंककी डिजिटल बैंकिङ हेड नम्रता थापाले जानकारी दिइन्।

    कार्यक्रममा डिजिटल बैंकिङ अफिसर नारायण न्यौपानेले मोबाइल बैकिङ र क्यूआरबाट भुक्तानी गर्दा छिटो र सुरक्षित हुने,खुद्रा पैसाको झन्झट नहुने, घर वा पसलबाटै बैंकिङ कारोबार हुने भएकाले कोरोना संक्रमणको बेलामा जोखिम नहुने, र आफ्नो भुक्तानीको विवरण मोबाइलमै हेर्न सकिने जस्ता फाइदाहरु रहेको जानकारी गराए।

    बैंकका कर्मचारीहरु पसलमै पुगेर डिजिटल बैंकिङबारे जानकारी गराएपछि व्यवासायीहरुले अब व्यवसायको आर्थिक कारोबार पसलमै बसी बसी मोबाइलबाटै गर्न सकिने खुशी व्यक्त गरेका शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. ट्राफिकचोक शाखा प्रमुख रबिन्द्र पौडेलले बताए । 

    बैंकले वित्तीय साक्षरता अन्तर्गत पछिल्लो समय डिजिटल बैंकिङ साक्षरतालाई  अभियानका रुपमा सञ्चालन गरेको र यसलाई निरन्तरता दिने डिजिटल बैंकिङ हेड नम्रता थापाले बताइन् ।