
शुक्रवार , पौष २३, २०७८
भैरहवा। तिलोत्तमा चेम्बर अफ कर्मशले आयोजना गर्न लागेको तिलोत्तमा ब्यापार मेलालाई तिलोत्तमा उद्योग ब्यापार संगठनले सहयोग गर्ने भएको छ।
माघ १३ गतेदेखि २४ गते सम्म आयोजना गर्ने भनिएको व्यापार मेलाका बिषयमा सामाजिक संजालबाट बिवाद बढेपछि दुई सस्थावीच सहमति भई एकले अर्कोलाई सघाउने जनाएका छन्।
३ बर्ष अघि तिलोत्तमा नगरमा क्रियासिल रहेका ब्यावसायीक संगठनहरुका बिचमा आलोपालो गरी व्यापार मेला सन्चालन गर्ने सहमति भएको थियोे।
उक्त सहमति अनुसार गत बर्ष तिलोत्तमा चेम्बर अफ कर्मशले मेला आयोजना गर्नुपर्नेमा गतबर्ष कोभिड महामारीको कारण आयोजना गर्न नसकेकोले यसपटक गर्न लागेको थियो।
मेलालाई तिलोत्तमा उद्योग ब्यापार संगठन र तिलोत्तमा उद्योग बाणिज्य संघले सहयोग गर्ने सहमति भएको संगठनका अध्यक्ष प्रेम जिएमले बताए।
तिलोत्तमा चेम्बर अफ कर्मशका अध्यक्ष बावुलाल भुसालले मेलाका सन्दर्भमा तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा उद्योग ब्यापार संगठनका बिचमा बिगतको सहमति अनुसार नै यस पटक ब्यापार संघले मेला आयोजना गर्ने र अन्य संस्थाले सहआयोजकको रुपमा सघाउने सहमति भएको बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij