२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

तिलोत्तमा चेम्बरको आठौं साधारणसभा

बिहिवार , पौष २२, २०७८

तिलोत्तमा, २२ पुस ।
तिलोत्तमा चेम्बर अफ कमर्श (व्यापार संघ) को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले उदघाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले अन्तरपालिका समन्वय गरेर विकासमा सहकार्य गर्न सकिने धारणा राखे ।

स्थानीय तहले छिमेकी पालिकासँग सहकार्य गरी विकासमा अगाडि बढ्ने हो भने आपसी सम्बन्ध पनि बढ्ने र विकासका क्षेत्रमा ठूलो सफलता हासिल गर्न सकिने बताए । 

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारले लिएको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्र अगाडि बढेको बताए ।

संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेलले स्थानीय तहले विकासमा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै व्यवसायिक हकहित र सुरक्षामा पनि सरकार संवेदनशील बन्नुपर्ने बताए ।

संघका अध्यक्ष बाबुलाल भुसालले घरबहालको समस्या र बढदो बैंक व्याजका समस्या यथावत रहेको भन्दै यसको समाधानका लागि संघले पहल गरिरहेको बताए ।

अध्यक्ष भुसालले संघले आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष.२०७८/०७९ को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै उनले व्यवसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउँदै लैजाने जानकारी गराए । 

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्य, संघका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बराल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष बाबुराम कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले आगामी वर्षको प्रतिवेदन पारित गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।