२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने समूह पक्राउ

बुधवार , पौष २१, २०७८

राँझा, २१ पुस ।
पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जंगलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जंगलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

लुटपाटमा संलग्न उनीहरु बा १४ च ३३०३ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ । रासस