२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्व. गिरीको परिवारलाई एककरोड २६ लाख दावी भुक्तानी

सोमवार , आश्विन २६, २०७७

भैरहवा, २६ असोज ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले एक करोडको बीमा गराएका नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको परिवारलाई बीमा दावी रकम हस्तान्तरण गरेको छ । कोरोनाबाट संक्रमण भइ रामग्राम नगरपालिका–२ निवासी गिरीको उपचारका क्रममा गत भदौ २ गते पाटन अस्पताल, ललितपुरमा मृत्यु भएको थियो । 

ब्लक उद्योगी ३८ वर्षिय गिरीले ६ वर्ष पहिले २० लाख बीमांकको, चार वर्ष पहिले ३० लाख बीमांकको र गत साउन ४ गते ५० लाखसहित कुल एक करोड बीमांकको गराएका थिए ।

एलआइसी नेपालले एक कार्यक्रमका बीच सोमबार स्व. गिरीको घरमा पुगेर उनको श्रीमती अनितादेवी गिरीलाई १ करोड २६ लाख ९५ हजार हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै समाजसेवी धरेन्द्र यादव तथा परिवारका सदस्य मुकुल प्रसाद गिरीले एलआइसी नेपालले सजिलै कागजात पेश गरेको दुई दिनमै भुक्तानी दिन सफल भएकोमा बीमा कम्पनीको प्रशंसा गरेका थिए । बीमा अभिकर्ता नन्दलाल यादव, देवेन्द्र गुप्ता, प्रभा ज्ञवालीले परासी शाखाबाट बीमालेख जारी गरेका थिए ।

बीमा मरणोपरान्त उपलब्ध हुने भन्ने सोच रहेकोले त्यसो नसोची बीमा बचत होे र अवधि पुगे बचत भएको एकमुष्ट पाउने त्यसको बचत बराबर लाभवापत रकम पाउने एलआइसीका एजेन्सी म्यानेजर तथा पेशागत अभिकर्ता संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद गिरीले बताए । एलआइसी बीमाको दायित्व ६० वर्षसम्म रहेकोले समय अवधिमा पाउने एकमुष्ट रकमले छोराछोरीको उच्च शिक्षा अध्ययनको लागि अभिभावकलाई सहयोग पुग्ने देखिएकोले बीमा गर्नु कुनै घाटा नरहेको उनको भनाइ छ ।

cheque.jpg

एलआइसी नेपाल नवलपरासी शाखा प्रमुख बालकृष्ण चौधरीको अध्यक्षता तथा एजेन्सी म्यानेजर देवेन्द्र प्रसाद गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा बीमा अभिकर्ता संघ केन्द्रीय कोषाध्यक्ष प्रभा ज्ञवाली, केन्द्रीय सदस्य गोविन्द प्रसाद गिरी, पेशागत बीमा अभिकर्ता संघ नवलपरासी शाखाका अध्यक्ष मुन्नालाल गुप्ता, एजेन्सी म्यानेजर नन्दलाल यादव, अभिकर्ताहरु रामेश्वर जैसवाल, लक्ष्मी के.सी. लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।