२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

चार मन्दिरमा चोरी

आइतवार , पौष १८, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • चितवन, १८ पुस। पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो।

    पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको होे। दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब ? १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए।

    उनका अनुसार पाँच\सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन्। घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान गरिएको छ।