राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ-आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।
हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करीब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।
हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।
बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिए । रासस