२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

पाल्पाको निस्दीमा चितुवा आतंक

बुधवार , पौष १४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • पाल्पा, १४ पुस ।
    पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।

    निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नम्बर–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउँछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जंगलमा एक्लै नजान आग्रह गरेको छ । रासस