२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लुम्बिनीका अर्जुन कुर्मीलाई ‘राजस्थान रत्न अवार्ड’

बुधवार , पौष १४, २०७८

भैरहवा, १४ पुस । 
लुम्बिनीका युवा अर्जुन कुर्मी भारतमा ‘राजस्थान रत्न अवार्ड–२०२१’ बाट सम्मानित भएका छन् । एसआरआर, एस रंधावा राज र आईबीसीसी हेल्पिङ्ग हेण्डको संयुक्त आयोजनामा भारतको जयपुरमा आयोजित कार्यक्रममा कुर्मीलाई सम्मान गरिएको हो । 

विभिन्न क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाएका व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गर्ने गरिएको छ । कुर्मी ग्रीन युथ लुम्बिनीका अध्यक्ष तथा लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्धका संस्थापक अध्यक्ष समेत हुन् ।

विद्यार्थी जीवनदेखि नै सामाजिक क्षेत्रमा क्रियाशिल कुर्मीले सारस संरक्षणमा समेत काम गर्दै आएका छन् । उनको यी सबै कामहरुलाई नै हेरेर भारतीय संस्थाले प्रतिष्ठित सम्मान प्रदान गरेको हो । उनले नेपाल सरकारद्वारा प्रदान गरिने ‘डब्लुडब्लुएफ यंग कन्जरबेशन लिडर अवार्ड’ समेत पाएका छन् ।