
बुधवार , पौष १४, २०७८
बुटवल, १४ मंसिर ।
रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको वेबसाइट सञ्चालनमा आएको छ । क्लबका विभिन्न गतिविधिहरुको साथैं अन्य उपयोगी सामग्रीहरु जनसमक्ष पुर्याउने उद्देश्यले आफ्नो अलग्गै वेवसाइट सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ । क्लबको डोमेन डब्लुडब्लुडट आरसिमेडिकोफ्युजन डट ओराजी रहेको छ ।
क्लबका अध्यक्ष रोटेरियन डा. सन्तोष पोखरेलको अध्यक्षमा हालै एसेम्लीमा प्रमुख अतिथि रोटरीका सहायक गभर्नर राजेन्द्र कार्कीले वेबसाइटको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कार्कीले क्लबले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गरे । त्यसअवसरमा क्लबले गरेका विभिन्न समाजसेवाका कार्यक्रममा कार्यक्रम संयोजकको भूमिका निभाएका रोटरी मेडिकोफ्युजनका सदस्यहरुलाई प्रशंसाको टोकन ‘प्रशंसाको चिनो’ पनि प्रदान गरिएको थियो ।
उक्त क्लब एसेम्लीमा तीन जना डाक्टरको जोडीले नयाँ सदस्यको रूपमा सदस्यता लिएका छन् । रोटरी मेडिकोफ्युजनको नयाँ सदस्यमा डा. साहिल भुसाल, श्रीमती निराशा पाण्डे, डा. मधुसुधन श्रेष्ठ, डा. कृति श्रेष्ठ, डा. सुमन पौडेल, डा. आकृति बानियाँ हुन् । विश्वमै नमुना रोटरी क्लबको रूपमा रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजनमा विवाहित जोडी नै सदस्य हुनुपर्ने कुरा विधानमैं उल्लेख छ । सदस्य हुनेहरु श्रीमान÷श्रीमती मध्ये कम्तिमा एकजना डाक्टर हुनुपर्ने हुन्छ ।
स्थापना कालदेखि विभिन्न समाजसेवा र चेतनामूलक काम गर्दै आएको रोटरी मेडिकोफ्युजनले जथाभावी नथुकौ अभियान, स्वास्थ्यकर्मीलाई तनाव व्यवस्थापन तालिम, पुनःस्थापना केन्द्रमा हेपाटाइटिस चेकअप तथा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श, पत्रकाहरुलाई आत्महत्याको विषयमा संवेदशील रिपोर्टिङ तालिमलगायतका धेरै सामाजिक कार्यहरु गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij