
मंगलवार , पौष १३, २०७८
भैरहवा । जन्ती बोकेको जीप दुर्घटनामा परेको छ। रौतहटको गौर चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिए।
डीएसपी भण्डारीका अनुसार कारमा ८ जना सबार थिए। त्यसमध्ये ५ जनाको मृत्यु भएको तथा तीनजना घाइते भएको डिएसपि भण्डारीले जानकारी दिए। उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij