२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धि बिनायकले उत्पादन गरेको कोरियन फ्लेवरको ‘समुराई’ चाउचाउ बजारमा

आइतवार , आश्विन २५, २०७७


बुटवल, २५ असोज ।
नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले कोरियन फ्लेवरको चाउचाउ बजारमा ल्याएको छ । नेपाली बजारमा कोरियन तयारी चाउचाउको माग बढेपछि सुपथ मुल्यमा आवश्यकता परिपूर्ति गर्नको लागि कोरियन फ्लेवरको चाउचाउ उत्पादन गरिएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.का अध्यक्ष उज्जवल कसजुले जानकारी बताए ।

कम्पनीले लामो समयको अनुसन्धान पछि उत्पादन गरेर बजारमा ल्याएको उनले बताए । ‘कोरियन स्पाईसी नुडल्स’को स्वादमा ‘समुराई गोउरेन्टस् स्पाईसी’ चाउचाउ ल्याएको र बजारमा लोकप्रिय हुनुका साथै उपभोक्ताले यसको स्वाद मन पराउने कम्पनीले विश्वास गरेको प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले बताए । 

१२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपाली बजारमा १५० रुपैयाँ छ । सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्य निर्धारण गरिएको कम्पनीका व्यवस्थापक हरिबंश भुजेलले जानकारी दिए । उनले नेपाली उपभोक्ताले सुपथ मुल्यमा कोरियन स्वाद लिन पाउने गरी कम्पनीले सुभल मुल्य निर्धारण गरिएको उल्लेख गरे । सिंगापुर, चिन र भारतबाट बिभिन्न अन्तर्राष्ट्रियस्तरका अवयवहरु आयात गरेर उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्र्याएको अध्यक्ष कसजु बताउँछन् । 
सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ इन्टरनेशनलले लिएको छ । कम्पनीले उत्पादन गरेको समुराई नुडल्स आइतबारदेखि बजारमा पठाइएको यु एण्ड यु इन्टरनेशनलले जनाएको छ ।