आइतवार , पौष ११, २०७८
तिलोत्तमा, ११ पुस ।
रोटरी क्लब अफ मणिग्राम र नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजना तथा मानव कल्याण मित्र मञ्च रुपन्देही तथा रोट्रयाक्ट क्लब अफ मणिग्रामको सह-आयोजनामा मणिग्राममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मणिग्रामको १२ नम्बरस्थित पञ्चरत्न गीता मन्दिरमा आयोजना गरिएको रक्तदानमा ५४ जनाले रगत दिएका थिए ।
तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्बलका सल्लाहकार लक्ष्मण ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, सल्लाहकार टेकबहादुर थापा, देवी वाग्ले, तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसाल, क्लबका चार्टर्ड प्रेसिडेन्ट राजुदेवी खनाल, मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्याल लगायतले बोल्दै रोटरी क्लबले समाजसेवाको क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष केशवप्रसाद न्यौपानेको अध्यक्षता तथा सचिव सागर पाठकको सञ्चालनमा भएको कार्यक्रममा निर्मल बस्यालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा गीता क्लब, आनन्दवन टोल विकास समिति, मधुवन टोल विकास समिति, दक्षिण टोल सुधार समिति लगायतको सहयोग रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij