२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

पेप्सी कम्पनीको बसले ३ जनालाई ठक्कर दिँदा एकजनाको मृत्यु

आइतवार , पौष ११, २०७८

परासी, ११ पुष । नवलपरासीको सदरमुकाम परासीमा एक बसले संगै हिडिरहेको ३ जनालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । आज विहान ५ बजेको समयमा पेप्सी कम्पनीको लु २ ख ४०५५ नम्बरको बसले मोर्निङ्ग वाकमा हिडिरहेका ३ जनालाई ठक्कर दिँदा एकजना महिलाको घटना स्थलमै मृत्यु भएको हो भने एकजना पुरुष र एक जना महिला गरि दुई जना घाईते भएका हुन ।

सदरमुकाम परासी निलोगेट नजिकै विहान बसको ठक्करले दुर्घटनामा परि मृत्यु भएको रामग्राम नगरपालिका ३ बस्ने ३५ बर्षिय कमला रेश्मी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  त्यस्तै उक्त दुर्घटनामा परि गम्भीर घाईते भएकि रामग्राम नगरपालिका वडा नं ३ बस्ने २७ वर्षिय अस्मिता गैरेको थप उपचार भरतपुर मेडिकल कलेज नारायणघाट, अर्को घाईते चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ६ बस्ने ४५ वर्षिय शिव प्रसाद राईको कृम्सन अस्पताल मणिग्राम उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मृतक रेश्मी नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव राजकुमार रेश्मीको श्रीमति एवं विद्युत प्राधिकरण शाखा परासीमा  कार्यरत कर्मचारी थिईने भने घाईते राई विद्युत प्राधिकरण कार्यालय परासी शाखाको लेखा अधिकृत रहेको प्रहरीले जनाएको छ । मृत्क र घाईते ठक्कर दिने बस र चालक यतिबेला प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बस रामग्राम नगरपालिका वडा १० नदवाँ स्थित पेप्सी कम्पनीको रहेको र उसले कामदार ओसार्ने कार्य गर्दै आएको छ ।