२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रोटरी बैठकमा फिजियोथेरापिष्टको क्लासिफिकेशन

शनिवार , पौष १०, २०७८

बुटवल, १० पुस ।

रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को २४ औं एवं क्लबको १३९४ औं नियिमत बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा गेष्ट स्पीकरको रुपमा फिजियोथोरापिष्ट डा. प्रकाश चापागाई सहभागी थिए । त्यस अवसरमा उनले फिजियोथेरापी उपचार पद्दतिमार्फत् आफ्नो समस्याको उपचार खोज्नेहरुको संख्या बढ्न थालेको भन्दै फिजियोथेरापी आफैमा सबै रोगको लागि प्रभावकारी उपचार पद्दति रहेको बताए ।

शरीरको जुनसुकै अंगमा हुने प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीमा देखिने समस्याको लागि फिजियोथेरापी प्रभावकारी उपचार विधि रहेको भन्दै उनले लामो समयसम्म प्यारालाइसिस भएको अंग चलाएन भने त्यो झनै कडा बन्दै जाने भएकाले व्यायाम गर्ने वा ती अंगहरु चलाइराख्नुपर्नेमा जोड दिए । कतिपयमा मेरुदण्ड सम्बन्धी समस्या हुन सक्ने भन्दै डा. चापागाईंले यस्ता समस्यादेखि श्वासप्रश्वास हुँदै, प्रजनन तथा स्त्री रोगहरुमा समेत फिजियोथेरापी प्रभावकारी बन्न सक्ने बताए ।

सबै रोगहरु औषधि खाएर मात्रै पूर्ण रुपमा निको नहुन सक्ने भएकाले व्यायाम वा अन्य विधिबाट पनि कतिपय रोग निको गराउन सकिने उनको भनाइ छ ।.

बैठकमा रोटरीयनहरु प्रा.डा. ताराप्रसाद उपाध्याय, थानेश्वर पौडेल, पुरनप्रसाद श्रेष्ठ, आमोद सिमाङ्गैडा लगायतले विभिन्न जिज्ञासा राखेका थिए । त्यस अवसरमा रोटरीयनहरु विरेन्द्र राना, दिवाकर घिमिरे, डा. तारानाथ भट्टराई, रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष बरुण ज्ञवाली, इन्ट¥याक्ट क्लवका विशाल सेञ्चुरी लगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठक क्लबका अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।