२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सैनामैना–९ का विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

शनिवार , पौष १०, २०७८

रुपन्देही, १० पुस ।
सैनामैना नगरपालिका वडा नम्बर ९ द्वारा वडाभित्र रहेका सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । वडा नम्बर ९ का श्री जनचेतना माध्यमिक विद्यालय जनकल्याण माध्यामिक विद्यालय, जनज्योति आधारभूत विद्यालय श्री रामापुर उच्च माध्यमिक विद्यालय  र  पशुपति उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक र झोला वितरण गरिएको वडाअध्यक्ष डोलराज भण्डारीले बताए । उनले वडा नम्बर ९ मा घर भएका ५० जनालाई पोशाक र १५ जनालाई झोला वडा कार्यालयबाट विद्याथीहरुलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले यो काम गरिएको बताए । 

वडाअध्यक्ष भण्डारीले भने, ‘हामीले विगतका वर्षहरुमा पनि विद्यार्थीहरुलाई पोशाक र झोला वितरण गरेको  थियौं ।’ उनले स्थानीय सरकार घर नजिकैको सरकार भएको र जनताका घरघरमा पुगेर अवस्था के छ, समस्या बुझ्दै आवश्यकता अनुसार काम गर्दे आएको बताए । अध्यक्ष भण्डारीले भने, ‘वडाबाट  सिलाईकटाई उद्घोषण व्युटीपार्लर जस्ता विभिन्न तालिम सञ्चालन गरेका छौं, बेरोजगार युवायुवतीहरुलाई तालिम लिएपछि स्वरोजगार बन्न मद्दत पुग्छ ।’ उक्त कार्यक्रममा वडा सदस्यहरु विद्यालयका शिक्षक, विद्यार्थी, वडा कार्यलयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।