२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

पन्त समाज रुपन्देहीमा नयाँ नेतृत्व

शनिवार , पौष १०, २०७८

भैरहवा, १० पुस ।
पन्त समाज रुपन्देहीको शुक्रबार भैरहवामा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । भेलाले मुकुन्द पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा उपाध्यक्षमा उपेन्द्रराज पन्त, सचिवमा जनकराज पन्त र कोषाध्यक्षमा गोपाल पन्त रहेका छन् । कार्यसमितिको सचिवमा जनकराज पन्त पुनः दोहोरिएका छन् ।

त्यस्तै सदस्यहरुमा रामचन्द्र पन्त, महेश पन्त, उत्तमदेव पन्त र रामबाबु पन्त रहेका छन् । एकजना महिला सदस्य पछि मनोनित गरिने सचिव जनकराज पन्तले बताए । पन्त समाजले आफ्नो समाज भित्रको बन्धुत्व भाव बढाउँदै समाजमा हुने विभिन्न क्रियाकलापजमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले बताए ।