images

शुक्रवार, बैशाख ७ गते २०८१

व्यापार मेलामा कलाकारसंग रमाउँदै दर्शक

व्यापार मेलामा कलाकारसंग रमाउँदै दर्शक

images
images
images
शनिवार, पौष १० २०७८
शनिवार, पौष १० २०७८
  • व्यापार मेलामा कलाकारसंग रमाउँदै दर्शक

    बुटवल, १० पुस । 
    बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा सांस्कृतिक कार्यक्रमको रौनक सुरु भएको छ । बिहीबार उद्घाटन भएको मेलामा शुक्रबारदेखि विविध सांस्कृतिक कार्यक्रम सुरु भएका छन् । 

    images
    images
    images

    उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालित मेलामा लोक दोहोरी तथा आधुनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सुरु भएको हो । 

    कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन नसकेको अवस्थामा आयोजित मेलामा दर्शकहरु आफूलाई मन पर्ने कलाकारको प्रस्तुतिमा रमाउन पाएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न संगीत पारखी दर्शकको मेलामा राम्रो उपस्थिति हुन थालेको सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । 

    शुक्रबार लोक दोहोरी गायक विष्णु खत्री, सपना गाहा, श्रीनिवास थारुले गीतमार्फत र सविता भुसालले नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । त्यस्तै एकलाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिताका प्रतियोगिको प्रस्तुति पनि रहेको थियो । शनिबार चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारको प्रस्तुति रहने प्रचारप्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । मेलामा किनमेल र नयां उत्पादन अवलोकन, बाल उद्यानमा रमाउन पनि अवलोकनकर्ताको भीड लाग्न थालेको उनले बताए ।  

    निःशुल्क दन्त परामर्श र रक्तदान 

    मेलामा शुक्रबारदेखि निःशुल्क दन्त परामर्श सेवा सुरु भएको छ । उद्योग व्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले उक्त सेवाको उद्घाटन गरेका छन् । मेला अवधिभर दर्शकलाई दाँतसम्बन्धी समस्याबारे दन्त चिकित्सक डा. काजोल श्रेष्ठ, डा. मनिला गुरुङ लगायतले निःशुल्क चेकजाँच गरी परामर्श दिने अमृत भुसालले बताए । त्यस्तै मेलामा हरेक दिन रक्तदान गर्ने व्यवस्था पनि मिलाइएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij