images

बिहिवार, चैत्र १५ गते २०८०

बिबल्याँटे हेरेको हेरै भयो

बिबल्याँटे हेरेको हेरै भयो

images
images
images
शुक्रवार, पौष ९ २०७८
शुक्रवार, पौष ९ २०७८
  • बिबल्याँटे हेरेको हेरै भयो

    बिबल्याँटे माइलो नेपाली काँग्रेसको १४ औँ महाधिवेशन हेर्न काठमाडौँ तिर तीर छुटे झैँ हानियो । वडा देखि सबै तहका अधिवेशन हेरेको माइलोलाई एउटै कुराको जिज्ञासा थियो कि नेपाली काँग्रेस कहाँ छ ? र कुन अवस्थामा छ ?? केन्द्रिय अधिवेशन बाहेक अन्य अधिवेशन .हेरेको बिबल्याँटोलाई साधरण जनताको मनोभाव नेपाली काँग्रेस प्रति कस्तो होला ? भन्ने पनि लागेको थियो । अधिवेशनको समाप्तिले आम जनतामा काँग्रेस प्रति आशा र भरोसा भन्दा पनि निरासा पो लाग्यो कि ? भन्ने चिन्ता उस्मा रह्यो ।

    images
    images
    images

    युवा नेताहरुको नाममा “डन” हरुको उदय भयो कि ? भन्ने चिन्ता हुनु स्वभाकिकै थियो । नीति विचार र सिद्धान्त भन्ने र सुनाउने कुरा भए पालना गर्ने कुरा भएनन् कि भन्ने बिबल्याँटेलाई लाग्यो ।

    बिबल्याँटे माईलालाई साह्रै खुलदुली भयो र बस भित्र एक जना महाधिवेशन प्रतिनिधिलाई सोधि हाल्यो ।

    “हैन विपीका खास विचार के होलान् ?” यो प्रश्न सोध्न अगाडि उसले त्यो व्यक्तिसँग सामिप्यता ग्रहण गरिसकेको थियो ।

    प्रतिनिधि भन्छन्, “विपीको विचार के हो ? त्यो पछिको कुरा हो तर ऐेले पार्टी रुपान्तरित हुँदैछ , चार ताराको अर्थ पनि फेरिएको छ । तपाईलाई के थाहा यहाँसम्म आउन मैले कति पापड बेलें, त्यो कथा भन्ने हो भने तपाईका आँखाबाट तररर आँसु आउँछ।

    बिबल्याँँटेलाई उस्का कुराले प्रभावित पार्‍यो । उहिले प्रवाशमा बस्ता बिबल्याँटे माइलाले पाएका दुःख कष्ट भन्दा पनि आँसु बररर हुने के दुःख पाएछन् यिनले । रुपान्तरित काँग्रेसको चार ताराको अर्थ पनि फेरिएछ । सबै बुझ्ने र जान्ने इच्छा लाग्यो ।

    बस दमकबाट लाहान आइपुगेको थियो । हिजो मात्र पाँचथरबाट अधिवेशनका लागि हिडेको महाधिवेशन प्रतिनिधिको कुराले उस भित्र उत्सुकताको ज्वाला बदलिएको थियो । पहिला बिबल्याँटे माइलोलाई आँसु आउने कारण सोध्न मन लाग्यो । “हैन! के भयो र त्यस्तो दुःख ? तपाई त महाधिवेशन प्रतिनिध भइसक्नु भयो नि ?”

    “लौ सुन्नुहोस म युवा मान्छे अहिले जतासुकै युवाहरुको बोलबाला छ भनेर प्रतिनिधिमा त उठे तर सहमति गर्ने भनेर चुनाव तालिका भित्र पनि केही काम भएन । निर्वाचन नै नहुने खाली सहमतीको खोजी , मैले त्यही सहमतिमा बाजी मारे। अर्को खुडकिलो फेरी अर्को खुडकिलो गर्दा गर्दै मेरो हात खुट्टा फत्रक्कै गले, भैँसी बेचेँ, गाई बेँचे, आफ्नो इमान बेँचे अनि बल्ल म यो ठाउँमा आइपुगे । निर्वाचन तालिका त देखाउन पो रहेछ, लेन देन , गुट उपगुट, सह गुट, कस्को पक्षको ? कुन पक्षको सबै हिसाब किताब नगरी यहाँसम्म आउन मुस्किल, धन्न मैले सही गुट समाएछु । बुझ्नुभयो ? नेपाली काँगे्रस भएर मात्र हुन्छ ? निर्वाचन ट्रिक जान्नु पर्छ नत्र खाइन्छ किक अनि हुन्छ हिक्क हिक्क !! नेपलाी काँगे्रस  भनेको विशाल पार्टि हो यहाँ डायानासोर छन्, किरा, फट्यांग्रा, माउसुली, जुका, चिप्ले कीरा गुण भएका असङ्ख्य प्रतिनिधिहरु छन् नि !”

    “अनि तपाई के मा पर्नु हुन्छ ?” बिबल्याँटे माइलाले प्रश्न सोझ्यायो ।

    “म नयाँ प्रजातिमा परेछु किनकि चिप्लेकीरा गुण भएको हनुमान हुँ।”

    “मैले कुरा बुझिन नि ?” बिबल्याँटे माइलो भन्छ । उसले भन्यो “ऐले राजनीति तपाइले सोचे जस्तो सरल छैन यो जटिल भइसक्यो । हनुमान राम भक्त थिए, उनले राम बाहेक अरु कसैको भक्ति गरेनन् । म पनि त्यस्तै हुँ फरक यति छ कि उनि “राम” भक्त मात्र हुन् म नेता भक्त हुँ, जुन नेताको पल्ला भारी छ त्यतै तिर चिप्लिने हो । बल्ल कुरा बुझ्नु भयो होला ।”

    बिबल्याँटे माइलो छक्क पर्यो । उसलाई एउटा कुरा सोध्ने जिज्ञासा जाग्यो । यत्तिकैमा बस नारायणगण आइसकेको थियो । महाधिवेशन प्रतिनिधि पनि निदाउन सकेको थिएन ।

    “हैन, यहाँले चार ताराको अर्थ फेरिएको छ भन्नुभयो यो कसरी फेरियो?, चारताराकै जगमा त कांग्रेसको जग अडिएको छ होइन र? ”

    “हैट, कस्तो कुरा गर्नुहुन्छ ? चार तारको अर्थ के हो ? यो कहिले, कसले कुन सोचले निर्माण गर्यो कुन महाधिवेशन प्रतिनिधिलाई थाहा छ ? केहीलाई थाहा होला, ति पनि पुराना बुढाहरुलाई.....।  अब बुढाहरुको जमाना गयो । चार ताराको अर्थको पनि जमाना गयो बुझ्नु भो । यसको नयाँ अर्थ छ । ”
    बिबल्याटेलाई कस्तो कस्तो महसुस भयो, सोध्यो “नयाँ अर्थ के हो र चार ताराको ?”

    महाधिवेशन प्रतिनिधि भन्छ, “ तपाई बुढो भएर पनि हो तपाईको सोच पनि बुढो भएछ अब नेपाली कांग्रेसमा बुढाहरुको काम छैन, युवाहरु पूर्ण प्रशिक्षित भएर महाधिवेशन स्थल तिर कूच गरिसके । चार ताराको अर्थ हो साम, दाम, दण्ड, भेद । अब यसको व्याख्या गर्न भने मलाई नलगाउनु होला । त्यही प्रयोग गरेर म यहाँसम्म आएको हुँ।”

    बिबल्याँटे हेरेको हेरेइ भयो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij