
बिहिवार , पौष ८, २०७८
भैरहवा, ८ पुस ।
रुपन्देहीमा अवैध लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ महुवारीका ३५ वर्षिय सोम बहादुर राजभर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । राजभरको साथबाट ६ थान (४ ग्राम ३ सय मिलिग्राम) तौल परिमाण लागुऔषध ब्राउन सुगर जस्तो धुलो पदाथ फेला परेको डीएसपी पौडेलले जानकारी दिए ।
तिलोत्तमा–७ मा लागूऔषध ब्राउन सुगरको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा राजभरले लगाएको कालो रंगको ज्याकेटको अगाडीको गोजीमा सेतो प्लाष्टिकमा लागुऔषध फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij