
बिहिवार , पौष ८, २०७८
भैरहवा, ८ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले ‘माई लायन भिलेज–गोनहिया’ सञ्चालन गर्ने भएको छ । क्लबले शुक्रबार सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहियामा १ सय जनालाई कम्बल वितरण गर्दै अभियानको सुरुवात गर्ने वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।
अभियानमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शेषनाथ भण्डारी तथा वडा कार्यालयको सहयोग रहेको उनले बताइन् । क्लबले माई लायन भिलेज अभियान गोनहियामा सञ्चालन गर्ने भएको छ, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्दै जानेछौं, उनले भनिन् ।
लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले दीर्घकालिन योजना अनुसार लायन्सले माई लायन भिलेजको अवधारणा ल्याएको बताए । उनले भने,‘ परिणाममुखी कार्यक्रम गर्नका लागि यो अवधारणा ल्याइएको छ, यो अभियानबाट लायन्स क्लबले सञ्चालन गर्ने कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij