२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

संघद्वारा रुपन्देही ट्राफिक प्रहरी प्रमुख के.सी.लाई स्वागत

बुधवार , पौष ७, २०७८

भैरहवा, ७ पुस ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी निरीक्षक केशव के.सी.ले स्वागत गरेको छ। स्वागत तथा छलफल कार्यक्रममा सिद्धार्थनगरको ट्राफिक व्यवस्थापनसम्बन्धी समस्या तथा समाधानबारे छलफल भएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले नगरको सुन्दरीकरण एवं विकासको लागि नगरपालिकाभित्रको अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थापन गरी नगरलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । 

कार्यक्रममा नगरभित्र जडान गरिएको ट्राफिक लाईटमा देखिएका प्राविधिक समस्या, लेन व्यवस्थापनबारे जनचेतना कार्यक्रम सञ्चालन, ट्राफिक संकेत भएका बोर्डहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको कार्यक्रम संयोजक तथा संघका कार्यसमिति सदस्य गौरव श्रेष्ठले बताए ।

संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।