
मंगलवार , पौष ६, २०७८
भैरहवा। सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुले कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ।
स्वास्थ्य जनसङख्या तथा परिवार कल्याण मन्त्रालय र भीम अस्पतालको सहकार्यमा भएको कार्यक्रममा बिभिन्न गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख, भीम अस्पतालका स्वास्थ्यकर्मी तथा सरकारी तथा गैरसरकारी सस्थाका २५ जना बढीको सहभागिता रहेको थियो।
दुई दिन सम्म चलेको तालिममा लैगिक हिंसाका बारेमा प्रशिक्षण दिईएको थियो। सो अबसरमा लैंगिक हिंसा सम्बन्धी जानकार रोमाकान्त घिमिरे र सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम संयोजक प्रकाश घिमिरे, अजय चौधरीले लैंगिक हिंसा न्युनीकरणका बिषयमा प्रशिक्षण दिएका थिए।
उनीहरुले लैंगिक हिंसाका बिरुद्धमा जनचेतनामुलक तालिम दिनु पर्ने, मानसिक एवम् मनोसामाजिक परामर्श, कानुनी उपचार, पुर्नस्थापना लगाएतका बिषयमा प्रष्टाएका थिए।
लैंगिक हिंसाका घटना न्यूनिकरण गर्नका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, भीम अस्पताल भैरहवाका अध्यक्ष नारायणप्रसाद भण्डारी, मेडिकल सुपरिटेण्डेन डा. शकुन्तला गुप्ता, नेत्र न्यौपाने, गितादेवि न्यौपाने, ओमप्रकाश बनिया लगाएतले बोल्दै कोहि पनि हिंसामा परे कानुनी उपचारमा लागि हाल्नु पर्नेमा जोड दिए।
उनीहरुले सरकारी तथा गैरसरकारी संस्थासंग सहकार्य गरेर लैंगिक हिंसा न्यूनीकरण गर्नु पर्नेमा समेत जोड दिए। लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको भुमिका अपरिहार्य रहकोमा जोड दिदै सबैले आफ्नो घर, समाज हुदैं राष्ट्रिय स्तरबाट हिंसा न्यून गर्नु पर्नेमा जोड दिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij