
शुक्रवार , आश्विन २३, २०७७
भैरहवा, २३ असोज ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखा कपिलवस्तुले असमायिक निधन भएकी विमित विमला मरासिनीको मृत्यु दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ ।
कम्पनीले विमितको हकवाला श्रीमान् लोकमनी उपाध्याय मरासिनीलाई ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । जितपुर उपशाखा प्रमुख दिपेन्द्र पाण्डेले सो रकम घरमै पुगेर प्रदान गरेका हुन् ।
यसैबीच ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले रोहिणी गाउँपालिका वडा नम्बर ५ का ह्रदेश उपाध्यायलाई ५ लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीको लुम्बिनी प्रदेश प्रमुख चरणदास तिमिल्सिना र भैरहवा शाखा प्रमुख लक्ष्मी थापाले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् । उपाध्यायले घातक रोगसम्बन्धि १० महिना अघि बिमा गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij