२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

रुपन्देही बारको भोलि नेतृत्व चयन हुँदै

शुक्रवार , आश्विन २३, २०७७

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २३ असोज ।
    नेपाल बार एशोसिएसन रुपन्देही जिल्ला अदालत इकाईको नयाँ नेतृत्वका लागि शनिबार (भोलि) निर्वाचन हुँदैछ । निर्वाचनमा प्रगतिशिल बार एशोसिएसन र प्रजातान्त्रिक बार एशोसिएसनबीच सर्वसम्मत नेतृत्वसम्बन्धि सहमति समेत भएको छ । 

    प्रगतिशील समूहबाट अध्यक्ष, सचिव, कोषाध्यक्षसहित बहुमत सदस्य र प्रजातान्त्रिक समूहबाट उपाध्यक्ष, सह–सचिव र दुई सदस्यले उम्मेदवारी दिने भएका छन् । पूर्ण रुपमा प्रगतिसशल समुहको वर्चस्व रहेको रुपन्देही बारमा विगत केही वर्ष यता प्रजातान्त्रिक समूहलाई पनि समेटेर नेतृत्व चयन हुँदै आएको छ ।

    यसैबीच लोकतान्त्रिक समूहले अध्यक्षमा लोकनाथ पन्तलाई चयन गरेको छ । सर्वसम्मत उम्मेदवार चयनका लागि अधिवक्ता राममणि भूर्तेलको संयोजकत्वमा अधिवक्ताहरु सुवास धिताल, शिव गौडेल, धर्म बहादुर खड्का र जगत रायमाझी सदस्य रहेको सर्वाधिकारसम्पन्न उम्मेदवार छनौट समिति गठन भएको थियो । समितिले सचिवमा दण्डप्रसाद भट्टराई र कोषाध्यक्षमा बाबुराम भट्टराईलाई उम्मेदवार चयन गरेको छ ।