२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

कांग्रेस सिद्धार्थनगरका उपसभापति घिमिरे प्रहरी नियन्त्रणमा

आइतवार , पौष ४, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ४ पुस ।
    नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका उपसभापति तथा सिद्धार्थनगर वडा नम्बर-७ का वडासदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जबरजस्ती करणी उद्योग अन्तर्गत प्रहरीेले पक्राउ गरेको बुझिएको छ । यद्यपि यो विषयमा प्रहरीले औपचारिक रुपमा बोलेको छैन् ।

    प्रहरीले बिहीबार राती सिद्धार्थनगर नगरपालिका–७ स्थित उनकै घरबाट घिमिरेलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धान जारी रहेकोले केही भन्न नमिल्ने बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने बताए ।