
आइतवार , पौष ४, २०७८
भैरहवा, ४ पुस ।
भैरहवामा यही पुस १७ गते शनिबार संगीतमय सुन्दर काण्ड पाठ भजनोत्सव हुने भएको छ । श्री बालाजी भक्तिमय परिवारको आयोजनामा भैरहवास्थित गल्लामण्डी (दयापथ)मा उक्त कार्यक्रम हुने भएको हो ।
कार्यक्रम अन्तर्गत बिहान ९ बजेदेसख भव्य श्रृंगार, ९ः ३० बजेदेखि सुन्दर काण्ड पाठ, ११ बजेदेखि किर्तन (जागरण) र झांकी तथा बेलुकी ४ बजे आरती तथा प्रसाद वितरण हुने कार्यक्रम संयोजक पवन वर्नवालले बताए । कार्यक्रममा भजन गायक सन्नी सांवरिया, रवि रंजन, प्रमोद चंचल झाँकी ग्रुपका अनिल बजरंगी, संगीतकार इरफान हाशमीको प्रस्तुती रहने वर्नवालले जानकारी दिए ।
‘सुन्दर काण्ड, श्रृंगार, भजन र मनमोहक झाँकीको आनन्द प्राप्त गरेर जीवन सफल बनाउन आग्रह गर्छौं, ’उनले भने ।
मित्र राष्ट्र भारतको राजस्थान मेहन्दीपुरमा बालाजी सरकारको मन्दिर रहेको र धेरै भक्तजन रहेको कार्यक्रम आयोजक समितिका सचिव श्रीराम गुप्ताले बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा कार्यक्रम हुनुपर्ने भन्ने निष्कर्षमा पुगेर आयोजना गर्न लागिएको बताए । पुस १७ गते धार्मिक–सांस्कृतिक कार्यक्रम हुँदैछ, उनले भने । कार्यक्रम अन्तर्गत भण्डारा समेत गरेर भव्य रुपमा सम्पन्न गर्ने उनको भनाइ छ ।
यसैबीच कार्यक्रम सम्पन्न गर्न पवन बर्नवालको संयोजकत्वमा आयोजक समिति गठन गरिएको गरिएको छ । समितिको सह–संयोजकमा ममता चौधरी, सचिवमा श्रीराम गुप्ता, सह-सचिवमा इस्तियाक अहमद, कोषाध्यक्षमा अमर कुमार झा र सह-कोषाध्यक्षमा पिन्टु बनिया रहेका छन् ।
त्यस्तै सदस्यमा कुमार के.सी., दुर्गा कान्दु, महेश गुप्ता, धिरज अग्रहरी, रबिन्द्र गुप्ता, मनोज कान्दु, दुर्गा प्रकाश गुप्ता, बच्चुलाल धरिकार, गणेश गुप्ता, जयप्रकाश धवल, राजेन्द्र कान्दु, रोहित सहानी, सुनिल गुप्ता, कृष्ण प्रसाद कान्दु, सुनिल शर्मा, राजकुमार कान्दु र उर्वसी गुप्ता रहेका छन् ।
त्यस्तै समितिको सल्लाहकारमा नरेन्द्र प्रसाद रौनियार, राजन शुक्ला, रविकान्त उपाध्याय, जगरनाथ अग्रहरी, बेचन प्रसाद गुप्ता, मदनलाल कान्दु, प्रद्युमनमान श्रेष्ठ, सोहरत प्रसाद ठाकुर, वसीर अहमद, रवि कुमार रौनियार, विष्णु प्रसाद गुप्ता, आनन्द प्रसाद गुप्ता र गौतम कुमार गुप्ता रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij