images
images

शनिवार, जेठ ५ गते २०८१

मयुर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

मयुर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

images
images
images
शनिवार, पौष ३ २०७८
शनिवार, पौष ३ २०७८
  • मयुर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

    भैरहवा, ३ पुस ।
    मयुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–३, रुपन्देहीको १२ औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सहकारी बचत तथा ऋणमा मात्र सीमित नभइ उत्पादनसंग जोड्नुपर्ने बताए । उनले सहकारीको क्षेत्रमा नगरपालिकाले विभिन्न काम गरेको बताए । नगरप्रमुख अधिकारीले राज्यले उत्पादनको मूल्य तोक्नुपर्ने बताए । 

    images
    images
    images

    विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले सहकारीबाट लिइने ऋणलाई उत्पादनसंग जोड्नुपर्ने बताइन् । उनले नगरपालिकाको सहकारी शाखा व्यवस्थित हुँदै गएको बताइन् । नगर उपप्रमुख काफलेले सहकारीले बचत गर्ने बानीको विकास गर्ने बताइन् ।

    मयुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार खिम बहादुर खत्रीले सहकारीको सदस्य बन्ने तर नियमित बचत नगर्ने, मतलब नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । सहकारीका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्ण प्रसाद भण्डारीले सहकारीले अझ सफलता प्राप्त गर्दै जाने विश्वास व्यक्त गरे ।सहकारीका शेयर सदस्य सीता भण्डारीले मयुर सहकारीलाई अझ राम्रो र हाम्रो सहकारी बनाउनुपर्नेमा जोड दिइन् ।

    उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नगरपालिकासंग समन्वय गरेर अगाडी बढ्ने बताए । मयुर सहकारीका शेयर सदस्य लीलाधर भट्टराईले सहकारीमार्फत रकम बचत गरे त्यो रकम भविष्यमा काम लाग्ने बताए ।

    राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखा प्रमुख आलोक सिवाकोटीले सहकारीको पैसाको सुरक्षाको जिम्मेवारी शेयर सदस्यको भएको बताए । मयुर सहकारीका शेयर सदस्य रीता कुंवरले सहकारीले पैसाको बचत गर्न सिकाउने बताइन् ।

    मयुर सहकारीका अध्यक्ष दिपक बहादुर कुवंरको अध्यक्षता, उपाध्यक्ष थानेश्वर पौडेलको स्वागत तथा सचिव लेखनाथ भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा अध्यक्ष दिपक बहादुर कुंवरले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक कुल प्रसाद खनालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सहकारीका ऋणी नवराज जोशी, सरस्वती घिमिरे, लक्ष्मण उपाध्याय, सरस्वती पन्थ, सीता रायमाझी र मोहन गुरुङलाई सम्मान गरिएको सहकारीका सञ्चालक समिति सदस्य लक्ष्मण भण्डारीले बताए । 


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij