२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

लुम्बिनी बसपार्कमा आगलागी, १२ पसल जलेर नष्ट

आगो नियन्त्रणमा आउँदासम्म पनि आएन लुम्बिनी नगरपालिकाको दमकल

शुक्रवार , पौष २, २०७८

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • लुम्बिनी, २ पुस । 
    लुम्बिनीस्थित बसपार्कमा आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको स्थानीय विष्णु बस्नेतले जानकारी दिए। 

    उनका अनुसार आगलागी हुँदा झण्डै ७०/७५ लाखको क्षति भएको आकलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए।  

    आगलागी पछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको भन्दै स्थानीयको आक्रोश छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा दमकलका लागि फोन गरिएको थियो। भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो। 

    266428924_957622835123798_1096153226825968862_n.jpg

    आगो राती २ बजेतिर लागेको थियो। स्थानीय युवाहरुले पसलमा लगाएका टीनका पाता निकालेर आगो नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बस्नेतले जानकारी दिए। लुम्बिनीको दमकल पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि मात्रै आएको थियो।