
बिहिवार , पौष १, २०७८
बुटवल, १ पुस ।
सुदुरपश्चिम पर्यटन साईकल यात्रा २०७८ मा सहभागी हुने साईकल राईडरहरुलाई बिदाई गरिएको छ । सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मुख्य आयोजना तथा फार वेष्टर्न राइडरको सहकार्यमा हुने यात्रामा सहभागी हुने रुपन्देही र नवलपरासीका विभिन्न क्लबहरुबाट सहभागी हुने राइडरहरुलाई बुधबार बिदाई गरिएको हो । बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठको नेतृत्वमा एकदर्जन राइडरहरु सहभागी हुँदैछन् ।
टोलीलाई रुपन्देही साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेडका सचिव राजु तिवारी, सदस्य रविलाल सुवेदी, स्वस्तिक श्रेष्ठ, रेशम रेग्मिले राईडहरुलाई खादा लगाएर शुभकामना कार्यक्रम गरी बिदाई गरेका छन् ।
यात्रामा बुटवल युनाईटेडका उत्कृष्ट श्रेष्ठ, किशन थापा, तिनाउ साईक्लिङका पवन शाह, ह्याप्पि क्लबका सल्लाहकार गणेश प्रसाद श्रेष्ठ, उपाध्यक्ष किरण श्रेष्ठ, सागर पौडेल, नवलपरासी साईक्लिङ एशोसियसनका अध्यक्ष राम थापासहितको टोली जाँदैछन् ।
पुस ३, ४ र ५ गते सुदुरपश्चिमको धनगढी, गोदावरी, बुडर क्षेत्रका पर्यटकीय स्थलहरुमा भ्रमण गर्नेछन् । शुभारम्भ शुभश्री प्यालेस हसनपुर धनगढीबाट सुुरु हुनेछ ।
राइडमा सहभागी हुन प्रतिराइडर ५ सय रुपैयाँ शुल्क तय गरिएको छ । नेपाल र भारतका समेत गरी १ सय २० जना राईडर सहभागी हुँदैछन् । मन्त्रालयबाट यात्राका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने विभिन्न निजी क्षेत्रहरुबाट समेत सहयोग हुँदैछन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा ८ लाख खर्च हुने अनुमान रहेको मन्त्रालयको भोजराज पाठकले बताए ।
बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले सुदुरपश्चिम क्षेत्रका पर्यटकी उपहिल एकसय किलोमिटर बढी दुरी यात्रा गरिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij