
बिहिवार , पौष १, २०७८
भैरहवा, १ पुस ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको पाँचौ साधारणसभा बुधबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै क्लबका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार माधव ढुंगानाले पेशागत हकहितका लागि क्लब अगाडी बढेको बताए । उनले क्लबले धेरै कामहरु गर्न सफल भएको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सञ्जय सौगातले क्लबले अझै उत्कृष्ट कार्य गर्दै जाने विश्वास व्यक्त गरे । उनले नेपाल पत्रकार महासंघ संग क्लबले सहकार्य गर्दै आएको बताए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाई, तालिम समिति संयोजक दिपेन्द्र बडुवाल, पूर्व सल्लाहकार प्रख्यात बन्जाडे, क्लबका पूर्व कार्यसमिति सदस्य अरुण ज्ञवाली, क्लबका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य विरेन्द्र मिश्राले क्लबलाई उचाईमा पुर्याउन संस्थाका सदस्यहरु निरन्तर लागिपरेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष नरेश केसीले वार्षिक प्रतिवेदन, महासचिव कमल रायमाझीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले क्लबले अनुशासन समिति संयोजकको पद रिक्त रहेकोले पशुपति यादवलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको संस्थाका सचिव शंकर प्रसाद पाण्डेले बताए । त्यस्तै अनुशासन समिति सदस्यमा अरुण ज्ञवाली र लेखा समिति सदस्यमा सलमान खानलाई नियुक्त गर्ने निर्णय गरिएको पाण्डेले जानकारी दिए ।
साधारणसभाले क्लबको आयोजनामा दोस्रो न्यूज फेस्टिबल बर्दियामा गर्ने निर्णय गरेको अध्यक्ष नरेश केसीले बताए । यसअघि क्लबले बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम न्यूज फेस्टिबल आयोजना गरेको थियो । त्यस्तै क्लबका सदस्यहरु वैदेशिक भ्रमण जाने निर्णय गरिएको क्लबका उपाध्यक्ष सम्झना शर्माले बताइन् ।
साधारणसभाले क्लबको विधान संशोधनको लागि विधान अधिवेशन गर्ने निर्णय गरेको छ । क्लबका महासचिव कमल रायमाझीको संयोजकत्व तथा कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ता र लेखा समिति संयोजक राधेश्याम विश्वकर्मा सदस्य रहने गरी उक्त अधिवेशनका लागि आवश्यक तयारी गर्न जिम्मेवारी दिइएको छ ।
त्यस्तै क्लबको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा निर्माणाधिन भवन निर्माण कार्यसम्पन्न गर्ने, पत्रकारिता तालिम केन्द्र स्थापनाको लागि सिद्धार्थनगर नगरपालिकाकामा जग्गा व्यवस्थापन गर्ने, क्लबको नयाँ सदस्यता वितरण गर्ने तथा निवर्तमान अध्यक्ष दीपेश पछाईको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गर्ने लगायतको निर्णय गरिएको क्लबका अध्यक्ष नरेश के.सी.ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij