२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

रुपन्देहीमा तीनलाख बराबरको अवैध सालको काठ बरामद

सोमवार , मंसिर २७, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २७ मंसिर ।
    रुपन्देही प्रहरीले ३ लाख मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले आइतबार उक्त काठ बरामद गरेको हो ।

    सैनामैना नगरपालिका–११ स्थित पिपलडाडाको भित्री बाटोमा सालको रुख ढालेर वेवारिसे अवस्थामा फालेको ८ गोलिया (८२.४८ क्यूफिट) सालको काट फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि कञ्चन सव डिभिजन वन कार्यालय फायर लाइन पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।