
सोमवार , मंसिर २७, २०७८
भैरहवा, २७ मंसिर ।
चैतन्य सप्लायर्स प्रालिद्धारा भैरहवामा एपोलो टायरको विक्री शुभारम्भ भएको छ । सर्भिससहित भैरहवामा पहिलो पटक एपोलो टायरको विक्री वितरणका लागि चैतन्य सप्लायर्स प्रा.लि. नेपालका प्रमुख राजेश कुमार दासले भैरहवाको लुम्बिनी रोडमा शुभारम्भ गरे ।
चैतन्य सप्लायर्स प्रा.लि.का सञ्चालक मधुसुदन आचार्यले ४ करोडको लगानीमा ग्राहकको माग बमोजिम मोटरसाइकलदेखि टिप्पर, ट्रकसम्म सबै गाडीहरुका लागि टायर र सर्भिसको सुविधा दिइने बताए ।
एपोलो सप्लायर्समा मोटरसाइकलको २ हजार देखि ५५ हजारसम्मका टायर तथा टिप्पर तथा ट्रकमा २९ हजार देखि ३९ हजारसम्मका टायरहरु विक्री बितरण गरिने सञ्चालक आचार्यले बताए । आयातकर्ता गोविन्द शाहले गुणस्तरीय टायरले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij