
शनिवार , मंसिर २५, २०७८
बुटवल, २५ मंसिर ।
राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा तीन जिल्लाका अपांगता भएका व्यक्तिहरुद्धारा सञ्चालित संघ–संस्थाका पदाधिकारीहरुको लागि स्वास्थ्य तथा पुर्नस्थापनासम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण प्रदान गरिएको छ । बुटवलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम दुई दिनसम्म चलेको थियो ।
बिहीबारबाट सुरु भएको कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासीका अपांगता भएका व्यक्तिहरुद्वारा सञ्चालित संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
हेन्डीक्याप ईन्टरनेशनल र युएसएआईडीको सहयोगमा तालिम भएको हो । तालिममा राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारी, राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालय परियोजना अधिकृत सृजना पन्थी, लम्साल र राष्ट्रिय अपांग महासंघ संघीय महासचिव राजु बस्नेत, प्रदेश सदस्य सावित्रा घिमिरे लगायतले सहकजीकरण गरेका थिए ।
अभिमुखिकरण उद्घाटन कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका प्रदेश उपाध्यक्ष शारदा भट्टराई, प्रदेश सदस्य सावित्रा घिमिरे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij