२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

मिरा ट्रष्टद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

शनिवार , मंसिर २५, २०७८

भैरहवा, २५ मंसिर ।
रुपन्देहीमा रहेको मिरा ट्रष्टले विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । ट्रष्टल तिलोत्तमा नगरपालिका–३ स्थित श्री हाम्रो सगरमाथा आधारभत विद्यालयका कक्षा १ देखि ४ सम्म अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । 

पोशाक हस्तानतरण कार्यक्रमका प्रमुख अतिति तिलोत्तमा–३ का वडा सदस्य गीता सापकोटाले नगरपालिका बालमैत्री बन्ने क्रममा रहेका बेला ट्रष्टले गरेको सहयोगले अपरिहार्य भुमिका निर्वाह गर्ने बताइन् । उनले ट्रष्टको प्रशंसा गर्दै यस्ता अभियानले न्यून आय भएका विद्यालयका विद्यार्थीले समेत उच्चस्तरीय सरह सुविधा प्राप्त गर्न सकिने जनाइन् । आगामी दिनमा निरन्तर सामाजिक कार्यमा लागिरहन उनले सुझाइन् ।

ट्रष्टका संस्थापक हेमलाल शर्माले विद्यार्थीहरुलाई पढ्न जाँदा लगाइने पोशाक नै वितरण गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा अन्य क्षेत्र र स्थानमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनले आवश्यकता परेका असहायलाई कुनै पनि बेला सहयोग गर्न आफुहरु तत्पर रहेको बताए ।

ट्रष्टले हस्तान्तरण साथै वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश : १ हजार, ५ सय र २ सय रुपैयाँ पुरस्कार दिने समेत घोषणा गरेको छ । कार्यक्रम संस्थापक हेमलाल शर्माको सभापतित्व, वडा ३ की सदस्य गिता सापकोटाको प्रमुख आतिथ्यता, ट्रष्टका संरक्षक मिरा शर्मा र विद्यालयका प्राचार्य घनश्याम घिमिरेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रामचन्द्र पौडेलले गरेका थिए ।