
शनिवार , मंसिर २५, २०७८
बुटवल, २५ मंसिर ।
विश्वमा नै व्याट्रीमा एक नम्बर प्राक्सिसले शुक्रबार बुटवलमा प्रक्सिस बिजनेश पार्टनर मिट गरेको छ । कम्पनीको उत्पादनबारे खुद्रा तथा थोक व्यवसायीहरुसंग अन्तरक्रियामार्फत सुझाव लिने रुपमा कार्यक्रम गरिएको प्रक्सिसका लुम्बिनी प्रदेशको डिष्ट्रिब्युट्स क्रिस्टल आई नेपालका निर्देशक युवराज ढकालले बताए ।
कार्यक्रममा प्राक्सिस व्याट्रीको उत्पादक ईष्टमेन अटो एण्ड पावर लिमिटेडका म्यानेजर ईन्टरनेशनल बिजनेश प्रेम चौधरीले व्याट्रीको बारेमा प्रकाश पार्दै भारतमा बनेको ईष्टमेन ग्लबोल गु्रप ५० प्रकारका उत्पादनहरु गर्दै आएको बताए । ‘ब्याट्री त्यसमध्येको एक भएको हो, ’उनले भने ।
ईष्टमेन अटो एण्ड पावर लिमिटेडले २००२ मा ब्याट्री उत्पादन सुरु गरेको हो । सोलर र ईन्भर्टर दुवैमा प्रयोग गर्न सकिने प्राक्सिस डबल ट्युबलर ब्याट्री भएको बताए । विश्वभरका अधिकास देशहरुमा यसको माग रहेको छ । विश्वभरमा नै एक नम्बर र सबैभन्दा ठूलो प्लान्ट भएको उनले दावी गरे । एउटै छातामुनी सबै पूर्ण अटोमेटिक रुपमा ब्याट्री उत्पादन हुने उनले बताए । प्रत्येक चरणमा परिक्षण गरिने र त्यसको आधारमा उपभोक्तासम्म पुग्ने भएकाले पनि यो अति नै विश्वासिलो भएको दावी गरे ।
गुणस्तरमा टियुबी भारतको सर्टिफिकेट प्राप्त गरेको साथै आईएसओ लगायतका अधिकांश सर्टिफिकेट प्राप्त गरेको उनले बताए । लक्ष्य तयार गरेर त्यो पूरा नगर्दासम्म रोकिनुहुँदैन भन्ने सन्देश खरायो र कछुवाको बीचमा भएको दौडले बताउनु भन्दै यसमा आधार मानेर खुद्रा व्यवसायी र उत्पादकको सम्बन्धलाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सेनियो ईन्टरनेश्नल प्रालिका म्यानेजिङ डाईरेक्टर ईन्द्र घिमिरेले नेपालमा दुईवटा उत्पादनहरु सुवास्तिका ईन्भर्टर र प्राक्सिसका ब्याट्रीहरु बजारमा भित्रयाएको उनले बताए । यो घरायसी र ब्यावसायिक प्रयोजनमा उपयोगी भएको दावी गरे ।
कार्यक्रममा सहभागीहरुले बजारमा धेरै ब्याट्री र ईन्भर्टरहरुसंग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले पनि लन्च गर्दै गर्दा मुल्यमा परिवर्तन र गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए ।
सेनियो ईन्टरनेश्नल प्रा.लि.का म्यानेजिङ डाईरेक्टर ईन्द्र घिमिरे, सेनियोका हेड टेक्निकल डिपार्टमेन्टका सुरेश तिमिल्सिना र दिलिप प्रसाद रिमाललाई मायाको चिनोबाट सम्मान गरिएको थियो।
कार्यक्रममा स्याङ्जा, नारायणगढ, नवलपरासी, सल्याङ, अर्घाखाची, रुपन्देहीका ८० बढी व्यवसायीहरु सहभागी भएको क्रिष्टल आईका डाईरेक्टर विजय कार्कीले बताए ।
पत्रकार श्रेष्ठलाई लक्की ड्र ८०० भिए को ईन्भर्टर
यसैबीच कार्यक्रममा राखिएको कम्पनीको विषयमा प्रश्नावलीसहितको लक्की ड्र प्रतियोगितामा पत्रकार स्वस्तिक श्रेष्ठले प्रथम पुरस्कार हात पारका छन् । उनले सुवास्टिका कम्पनीको ८०० भिएको ईन्भर्टरबाट पुरस्कृत भए । त्यसै गरी दोस्रो पुरस्कार स्मार्ट वाच बुद्घ पावरका रेशव पाण्डे तथा अर्घाखाँचीस्थित आईटि लिंक प्रा.लि. का विष्णु भुषाल तेस्रो पुरस्कार पावर बैंक पाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij