२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

शाइन रेसुंगा बैंकद्वारा विद्यार्थीहरुका लागि बैंकिङ साक्षरता कार्यक्रम

शुक्रवार , मंसिर २४, २०७८

भैरहवा, २४ मंसिर ।
शाइन रेसुंगा डेभलपमेण्ट बैंक छपिया शाखाले विद्यार्थीहरुका लागि शुक्रबार बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । बैंकले सियारी गाउँपालिका–४ स्थित पब्लिक नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ साक्षरताका साथै डिजिटल बैंकिङ सम्बन्धित जानकारी प्रदान गरेको हो ।

कार्यक्रममा बैंकको छपिया शाखा प्रबन्धक राजु शर्मा र बैंकका आइ.टी. अफिसर नारायण न्यौपानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलाराम खनाल, सूचना अधिकारी इन्द्र प्रसाद तिवारी, बैंकका भैरहवा क्लस्टर प्रमुख सतिस कुमार द्विवेदी लगायतको उपस्थिति रहेको थियो ।