
शुक्रवार , मंसिर २४, २०७८
बुटवल । यातायात ब्यवासयीहरुले आफुहरुको समस्या समाधानमा सरोकारवालाहरुको ध्यान नगएको दुखेसो गरेका छन । पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको २१ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेसनमा बोल्ने बक्ताहरुले ब्यवसायीहरु फरकफरक ढंगबाट वकालत गर्दा समस्या समाधान हुन नसकेको भन्दै आआफ्नो विवादलाई छोडेर ब्यवसायिक हितका लागि एकजुट हुनुपर्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ब्यवसायीको हकहितमा धेरै काम अघि बढेको बताए । समयसापेक्ष ब्यवसायीहरुको समस्याहरु देखापर्ने र यसको समाधानमा नेतृत्व सधै अग्रसर रहने प्रतिवद्धता जनाए । कार्यक्रममा महासंघका पुर्वअध्यक्ष अर्जुन रानाभाटले ब्यवसायीहरुको हकहितमा अग्रसर नभए संघको महत्व घट्ने भन्दै समस्या समाधानमा सबैको भुमिका रहेको उनले बताए ।
सरकारी भाडा प्राप्ती र ओभरलोडको समस्या समाधान गर्न सामानको विमा अनिवार्य जरुरि रहेको बताए । नेपाल यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले स्वरोजगार ब्यवसायीहरुको संख्या बढेको बताए ।
विदेशी ब्यवसायीहरुको हस्तक्षेपलाई रोक्ने गरि नेतृत्वबाट पहल हुने भन्दै यसमा ब्यवसायीहरुको साथ जरुरी रहेको बताए । नेपाल ट्रक यातायात ब्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले नया नेतृत्वसंगै भिसिटिएस, भिएटी, टिडिएसको विषयमा समेत कार्यान्वयन भएको भन्दै यसमा भएका कमिकमजोरी हटाउनेतर्फ पहल समेत भएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारीले समाजमा रहेका सरोकारवालाहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । धेरै पटक ओभरलोडको समस्या देखिने गरेको भएपनि समाधानमा ध्यान जान नसकेको उनले गुनासो गरे । कार्यक्रममा नारायणी यातायात ब्यवसायी समितिका अध्यक्ष गोकणर् पराजुलीले दुर्घटना, ओभरलोड, अस्वस्थ प्रतिस्पर्धाका कारण ब्यवसायी धरापमा परेको भन्दै यो समाधानका लागि संगठनात्मक रुपमा योजना बनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा संघका अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले तोकेको भाडा समेत लिन नसकेको अवस्था आएको बताए । पुर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार रामेश्वर श्रेष्ठ, सल्लाहकार समितिका सदस्य प्रेम श्रेष्ठ, महासचिव जित बहादुर भाटले ब्यवसायीहरु नेतृत्व हत्याउनुका साथै जिम्मेवारीमा समेत अगाडी बढ्नुपर्ने बताए ।
यसैबिच संघका सुचिकृत भएका यो वर्ष कालगतिका कारण मृत्यु भएका ९ जना सदस्यका परिवारलाई ब्यवसायिक राहतस्वरुप २ लाख रुपैया बराबरको राहत रकम चेक हस्तान्तरण गरिएको थियो । स्व नर बहादुर बिश्वकर्मा राजेश विश्वकर्मालाई, स्व देवप्रसाद बश्याल लक्ष्मि बश्याल, स्व सुभाषचन्द्र अग्रवालका हकवाला श्याम अग्रवाल, स्व नारायणप्रसाद श्रेष्ठका हकवाला विष्णु श्रेष्ठ, स्व केदारनाथ खनालका हकवाला मायादेवि खनाल, स्व दिपक रायमाझीका हकवाला सपना रायमाझी, स्व सुन्दर देवका हकवाला श्यामसुन्दर देव, स्व जय कंडेलका हकवाला तथा मिरा घिमिरे कंडेललाई रकम हस्तान्तरण गरिएको छ । संघमा हाल १ हजार १६ ब्यवसायिहरु आवद्घ रहेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij