२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

मानव अधिकार उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन

शुक्रवार , मंसिर २४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • रुपन्देही, २४ मंसिर ।
    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लंघन गर्ने जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश लगायतका संघ

    संस्थाले आज बुटवलमा निकालेको र्यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए । समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए ।  “महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु बिडम्वना हो”, शेरचनले भने । उनले ७३ औँ मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए ।

    राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । रासस