२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

सिद्धार्थ कलेजमा शेयर बजार तालिम

बिहिवार , मंसिर २३, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • बुटवल, २३ मंसिर ।  
    बुटवलमा रहेको सिद्धार्थ ईन्टरनेशनल कलेजले विद्यार्थीलाई शेयर बजारको तालिम सञ्चालन गरेको छ । विद्यार्थीलाई सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने उद्देश्यले बुटवलमा एक कार्यक्रमको आयोजना गरी शेयर बजारसम्बन्धि तालिम सञ्चालन गरेको हो ।

    क्याम्पसका संस्थापक तथा सिटिजन बैंकका प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले शेयर बजारको माध्यमबाट नै विश्वकै धनाढ्य व्यक्ति बन्न सकिने उदाहरण दिँदै थोरै लगानीबाटै धनि बन्न सकिने माध्यम शेयर बजार बन्न सक्ने बताए ।  उनले थोरै समयको लगानीबाट छिटोछरितो माध्यमबाट शेयर बजारमा प्रवेश गर्न सकिने बताए । जीवनको लक्ष्य प्राप्तीको लागि लगनशितामा जोड दिन श्रेष्ठले विद्यार्थीलाई सुझाब दिए ।

    क्याम्पस प्रमुख डासिराम भण्डारीले क्याम्पसले विद्यार्थीलाई सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान पनि प्रदान गर्दै आएको जानकारी दिए । यसको लागि क्याम्पसले अतिरिक्त क्रियाकलाम सञ्चालन गर्दै आएको र यसअघि विद्यार्थीलाई बीमासम्बन्धी तालिम सञ्चालन गरिएको र अब सेमिनार सञ्चालन गरिने बताए ।

    कार्यक्रम संयोजक प्रेमराज पोखरेलले शेयर बजार अहिलेको जल्दोबल्दो विषय भएको र यसको माध्यमबाट जीवन निर्वाहको बाटो बन्न सक्ने बताए ।  

    विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञानको आवश्यकता रहेकाले क्याम्पसले तालिम सञ्चालन गरेको बताए ।

    तालिमका श्रोतव्यक्ति अच्युत पन्थले शेयर बजारमा कसरी प्रवेश गर्ने, लगानी र यसको अहिलको अवस्थाको बारेमा जानकारी दिए ।

    क्याम्पसका प्रध्यापक दिपक भण्डारीले क्याम्पसले शैक्षिक विकाससंगै विद्यार्थीले बजारमा कसरी आय आर्जन र प्रतिष्पर्धा गर्न सकिन्छ भनेर तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । क्याम्पसले व्यवस्थापन विषयमा अध्ययन गराउँदै आएको र यससँग सम्बन्धी व्यवहारिक ज्ञान दिनको लागि विभिन्न क्रियाकलाप गराउँदै आएको बताए ।